दराजको नयाँ वर्ष अभियान घोषणा

काठमाडौं । अनलाइन बजार दराजले यही चैत २८ गतेदेखि नव वर्षको सेल ‘नयाँ रहर नयाँ अफर’ सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षको अवसरलाई लिएर दराजले पाँच हजार रुपैयाँसम्मको भाउचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा स्कुटर जित्ने अवसर रहेको जनाएको छ ।

यस अभियानका लागि नेपाल बैंक र दराजबीच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्डवाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम १५ सय रुपैयाँ)सम्म छुट पाइने जनाइएको छ ।

यस्तै, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्डवाहकहरूले डेबिट कार्डमा १० प्रतिशत (एक हजार)सम्म छुट र क्रेडिट कार्ड अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशत (१५०० सय)सम्म छुट पाउने जनाइएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरूले अनलाइन प्रिपेमेन्टमा १५ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर यही अप्रिल ११ देखि अप्रिल १५ सम्म मान्य हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after