प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुँदै

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकृत गर्ने भएको छ ।

प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत गर्न लागिएको हो ।  झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गर्न लागिएको हो ।

जोशीको सुनुवाइ भएको ८ दिनपछि नाम अस्वीकृत गर्ने भएको हो। कुनै पनि न्यायाधीश वा प्रधानन्यायाधीश वा सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्ने अधिकारीको सुनुवाइपछि आएको निर्णय नेपालको संसदीय सुनुवाइको इतिहासमा सबैभन्दा लामो समय हो।

‘नेपालको अन्तरिम संविधान-२०६३’ जारी भएसँगै नेपालमा संसदीय सुनुवाइ प्रणालीको सुरुवात भएको हो। संसदीय सुनुवाइको दिन नै नाम अनुमोदन गर्दै आएको समितिले यसपालि भने लामो समय लगाएर विगतको निरन्तरता तोड्दै निर्णय गरेको हो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस