कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज  देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा तथा वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राति प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । प्रदेश-१ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after