कुलमान घिसिङ, ‘कुनै पनि उद्योगमा लोडसेडिङ छैन’

नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ।

बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे।

केही दिनअघि विद्युतकाे व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।

‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उनले भने । विद्युतकाे खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल, सञ्चालकमा पहाडी

काठमाडाैं । नेपाल टेलिकमको कम्पनी सचिवमा नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after