सुनको मूल्य आज तीन सय रुपैयाँले घट्यो

सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार निर्धारण भएको छ। चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ।

मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री