फेरि बढ्यो ग्यास र पेट्रोलियमको भाउ, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ । यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस