रेखा र वर्षमानसँगको भेटमा बाबुरामको ‘नलाउ माया दुईतिर…’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्का भेट भएको छ।

एकताका माओवादी केन्द्रमा सँगै रहेका तीन नेताको विमानस्थलमा जम्काभेट भएको हो। भेटको तस्बिर सार्वजनिक गर्दै नेता भट्टराईले गर्दै लेखेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट, नलाऊ माया दुईतिर भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री