माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा

माधव नेपालसहितका १४ सांसदमाथि एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ। ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन्। रिटमा विपक्षी बनाइएका निर्वाचन आयोगले पनि गैरकानुनीरूपमा दल दर्ता गरेको पनि रिटमा भनिएको छ।

यसअघि भदौ २२ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले ओलीको रिटमा मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप