मुक्तिनाथ विकास बैंकको संचालन मुनाफा अर्ब

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७४/०७५ सम्ममा रु.३० अर्ब ३५ करोड निक्षेप संकलन र  रु.२५ अर्ब २६ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु.१ अर्ब २ करोड गरेको छ ।

विकास बैंकको माझमा यस विकास बैंकले उत्साहजनक बृद्धि र उत्कृष्ट प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३३ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

बैंकको निष्कृय कर्जा अनुपात गत वर्ष भन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गर्न सफल रहेको छ । बैंकको प्रति सेयर आम्दानी रु २२.२२ रुपैया रहेको छ ।

बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै संभावित नोक्सानी ब्यवस्था अगाडीको सञ्चालन मुनाफा रु १ अर्ब भन्दा बढी गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप