काठमाडौं । गृहमन्त्रीलाई प्रतिप्रश्न गर्न सभामुखले समय नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेको छ । कांग्रेस सांसद मिनेन्द्र रिजालले गृहमन्त्रीले बलात्कारका घटनाका विषयमा आफ्नो भनाइ राखेपछि पटकपटक प्रतिप्रश्न गर्न समय मागेका थिए। तर सभामुख महराले समय नदिएपछि कांग्रेस सांसद आक्रोशित बनेका थिए।
‘आज समय छैन, मन्त्रीजीलाई बोल्न दिनुहोस्’, कांग्रेस सांसदलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीअघि बोल्न रोक्दै सभामुख महराले भने। ज्ञवालीले पोर्चुगल भ्रमणको जानकारी गराएलगत्तै सभामुख महराले अर्थमन्त्री डा. युवराज खतिवडालाई बोल्ने समय दिए।
अर्थमन्त्रीलाई बोल्न समय दिएलगत्तै फेरि कांग्रेस सांसद रिजालले सभामुखसँग समय माग गरे। तर फेरि पनि सभामुखले समय नदिएपछि कांग्रेस सांसदले बैठक बहिष्कार गरेका हुन्।
तपाईंको प्रतिकृया




