म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेकाे आराेपमा पक्राउ गरिएकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको हो। मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रवक्ता काफ्लेले जानकारी दिए।
तपाईंको प्रतिकृया




