आज विहानै काठमाडौंमा सामान्य वर्षा भएको छ। केही दिनदेखि तुवाँलोले छोपेको काठमाडौं उपत्यकामा सामान्य वर्षा भएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ।
प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी चार (प्रदेश १, मधेश, बागमती र गण्डकी) प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वा क्षणिक वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ।




