प्राइम लाइफको जीवन उपहार बीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ‘प्राइम जीवन बीमा उपहार’ नामक नयाँ बीमा लेख बजारमा ल्याएको छ।

न्युनतम १६ बर्षका किशोर किशोरी देखि ५५ बर्ष उमेरसम्मका मानिसहरुले यो बीमा लेखमा सहभागीता जनाउन सक्नेछन् । साथै बीमालेख खरिद गर्दा बीमाङ्क रकम न्युनतम ५ लाख रुपैयाँदेखि सुरु हुने छ।

यदि बीमितले १० लाख रुपैयाँको प्राइम जीवन उपहार बीमालेख खरिद गर्यो भने उसले एक वर्षपछि १० लाख रुपैयाँ बराबरकै अर्को बीमालेख पाउछ। मूल बीमा लेखको बीमा शुल्क तिरेपछि उपहार स्वरुप पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन।

यदि ३० वर्षको मानिसले बीमाङ्क रकम १० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार बीमालेख १६ वर्षमा परिपक्व हुने गरि खरिद गर्यो भने उसले वार्षिक ९१ हजार ६३० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ। मूल बीमा लेख र एक वर्ष पछि प्राप्त गरेको उपहार स्वरुप प्राप्त गरेको बीमा लेख एकै दिन परिपक्व हुन्छ।
यो बीमा लेख १६ वर्षपछि परिपक्व हुँदा बीमितले बीमाङ्क रकम र बोनस सहित ३२ लाख ५५ हजार रुपैयाँ पाउन सक्छ। यो रकम कम्पनीको बोनस दरको कारणले केहि तलमाथि हुन सक्छ।
 बीमितको दुर्घटना बीमा समेत लिन चाहेमा ऐच्छिक रुपमा लिन पाउँछ। यस्तो बीमा गर्दा बीमितको मृत्यु भएमा बीमितको परिवारले ५० लाख रुपैयाँसम्मको क्षतिपुर्ती पाउन सक्ने छन्।
बीमितको बीमा अवधि नसकिदै मृत्यु भएमा मूल बीमा लेख र उपहारस्वरुप पाएको बीमा लेखको बीमा लेख बराबरको रकम र बोनस पाउँन सक्छन्।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस