कोडाले जित्यो सर्वाेत्कृष्ट अस्कर अवार्ड, विल स्मिथ उत्कृष्ट अभिनेता (सूचीसहित)

काठमाडौँ । प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ । उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । सियान हेडर निर्देशित फिल्मले ‘डिफ’ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा भनेको छ ।

सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन् । ‘द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन् । अमेरिकाको लस-एन्जल्समा आज बिहान भएको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरूपमा आयोजना गरिएको हो ।

यससँगै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि जितेकी हुन् ।

यस्तो ओस्कर विजेताको सूची :

अन्तराष्ट्रिय फिचर फिल्म
ड्राइभ माई कार

उत्कृष्ट फिल्म
कोडा

उत्कृष्ट निर्देशक
जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता
विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री
जेसिका चास्टेन द आइज अफ टेमी फेई

उत्कृष्ट सहअभिनेता
ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री
अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म
इन्कान्टो

सिनेम्याटोग्राफी
डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन
इन्कान्टो

डकुमेन्ट्री फिचर
समर अफ सोल

डकुमेन्ट्री सर्ट सब्जेक्ट
‘द क्वीन अफ बास्केटबल’

मेकअप एण्ड हेयर स्टाइलिङ
द आइज अफ टेमी फेई

प्रोडक्सन डिजाइन
डुन

सर्ट फिल्म (एनिमेटेड)
द विन्डशिल्ड वाईपर

सर्ट फिल्म (लाइभ एक्सन)
लङ गुडबाई

ओरिजिनल सङ
नो टाइम टु डाइ

साउन्ड
डुन

भिजुअल इफेक्ट्स
डुन

फिल्म सम्पादन
डुन (जो वाकर)

ओरिजिनल स्क्रिनप्रले
बेल फास्ट (केनिथ ब्रनाघ)

एडप्टेड स्क्रिनप्ले
कोडा (सियान हेडर)

ओरिजिनल स्कोर
डुन (ह्यान्स जिमर)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री