काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवनमा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त प्रशिक्षण कक्षको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदाहरणीय कार्य भएको बताउँदै सफलताको शुभकामना दिए ।कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महशुस गरी प्रशिक्षण कक्षको स्थापना गरिएको जानकारी दिए । आगामी दिनहरूमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरूमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।




