चोरमारा बजारमा नेपाल बैंकको शाखा विस्तार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारमा नेपाल बैंक लिमिटेडले २ सय १३औं शाखाको रुपमा चोरमारा शाखा विस्‍तार गरी सेवा सुरु गरेको छ ।  नेपाल सरकारका अर्थसचिव एवं नेपाल बैंक संचालक समितिका पूर्वअध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले सं‌युक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकको शाखाबाट सेवा सुरु भएसँगै सरकारी कारोवारका लागि जिल्ला सदरमुकाम कावासोती जानुपर्ने बाध्यता हटेको र नगरपालिकाभित्र सरकारी बैंकको रुपमा नेपाल बैंक लिमिटेड स्थापना हुनु नगरबासीका लागि सहजताको र खुसीकाे विषय भएको उक्त शाखा प्रबन्धक हिमाल गिरीले बताए । नेपाल बैंक लिमिटेडका हालसम्म देशभर २ सय १३ शाखाहरु, १ सय ४७ एटिएम, ४९ वटा एक्टेन्सन काउन्टरका साथै विभिन्न डिजिटल माध्यमहरु मार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस