एजेन्सी । भारतको चर्चित कमेडी रियालिटी सो ‘द कपिल शर्मा सो’ केही समयमका लागि स्थगित हुने भएको छ । सोनी टिभीबाट प्रसारण भइरहेको ‘सो’का होस्ट कपिल शर्माका कारण केही समयका लागि स्थगित हुन लागेको हो ।
सोका होस्ट शर्मा अमेरिका टुरका लागि जान लागेकाले केही एसिपसोड छायांकन हुन नसकेपछि सो स्थगित गर्न लागिएको हो । शर्माको लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण टिमले यस्तो निर्णय लिएको हो ।
रिर्पोटका अनुसार शर्मा जुनको मध्यतिर अमेरिका टुरका लागि जाने तयारीमा छन् । त्यहाँ उनी एक महिना बस्नेछन् ।
तपाईंको प्रतिकृया




