बोहराटारमा पौडेल समूहको छुट्टै भेला, को-को नेता सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला शुरु भएको छ । बोहराटारस्थित पौडेल निवासमा उक्त समूहको भेला शुरु भएको हो ।

आज दिउँसो बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि तय गरिएको एजेण्डाबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले आफू निकट नेताहरूको बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे साझा धारणा बनाउन भेला बोलाइएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । भेलामा पूर्व महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य समेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी पनि भेलामा सहभागी छन् ।

यस्तै पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती, सांसद मोहन पाण्डेय, बाजुरा सभापति रामसिंह रावल, तनहुँ सभापति जितप्रकाश आले, पाल्पा सभापति हिमाल श्रेष्ठ पनि बोहराटार पुगेका छन् । भेलामा सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा पनि धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेताको पनि भेलामा उपस्थिति रहेको बोहराटारले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री