शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १४०० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बिहीबार चाँदी तोलाको १३७५ मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री