काठमाठौं । इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको इजेड रेमिटबीच रेमिट्यान्सबीच भूक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौता भएसँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै संसारका ४० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा सहजै पैसा पठाउन र पाउन सकिने इसेवाले उल्लेख गरेकाे छ । सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर मुजाहिद मलिकले हस्ताक्षर गरे ।
सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ, यस रेमिट्यान्स सम्झौतामार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ ।’
इसेडसँगको यो सहकार्यबाट इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा नै जम्मा गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिने इसेवाले वताएकाे छ । हालसम्म इसेवा मनी ट्रान्सफरले २ सय भन्दा बढी देशहरूबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको कम्पनीले वताएकाे छ ।




