यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सफा रहने छ । विभागका अनुसार आज राति देशको पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।

अन्य भू-भागमा मौसम सफा रहनेछ । प्रदेश-१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री