एनआईसी एशिया बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्ने ग्राहकका लागि विभिन्न सुविधा तथा फाइदाहरु सार्वजनिक गरेको जानकारी दिएकाे छ । बैंकले ग्राहकलाई पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गराउने लगायतका सुविधाहरु दिने घोषणा गरेको छ । बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू रहेको जनाएको छ ।

नागरिककाे बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको बै‌कले जानकारी दिएकाे छ ।

फाइदाहरु यस प्रकार छन्।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रवि ओड ५ लाख धरौटी बुझाएपछि छुटे

वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका नेपाल आइडल विजेता रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

प्रतिकृया दिनुहॊस

This will auto close after