आजका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक स्थगन

मधेश प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराए। प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो।

फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस