सोमबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ सयले बढेर तोलाको ९९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९९ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९९ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १३७५ मा नै कारोबार भएको महासंघले जनाएको छ । यस अघि आइतबार पनि चाँदी तोलाको १३७५ मा नै कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री