बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ। सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ।

कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आइतबारदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ।

“मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे–बेँसीसहर– चामे सडक योजना कार्यालयले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

६२ लाख रकमसहित तीन भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ …

प्रतिकृया दिनुहॊस