ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरि उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।

यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको छ ।

बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरि करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस