शेयर बजारमा १४ दशमलव ६७ अंकको गिरावट

आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १९ दशमलव ६५ अंकले घटेको बजार आइतबार १४ दशमलव ६७ अंकले घटेर २ हजार ६१६ दशमलव ५८ विन्दुमा झरेको छ ।

आइतबार २२४ वटा धितोपत्रको ४२ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार १३ वटा समूहमध्ये इन्भेष्मेन्ट समूहको परिसूचक १ दशमलव ६६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । आइतबार राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस