गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाको मृत्यु

काठमाडाैँ । चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट बच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका-४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैंडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री