१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

काठमाडौं । गत वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ ।

यसअघि पहिलो चरणमा विज्ञान संकायको मात्रै नजिता प्रकाशित गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक सबै समूहको परीक्षाफल एकैपटक सार्वजनिक गर्ने तयारी गरेको हो।  बोर्डका अनुसार यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री