लियोनल मेस्सी इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन भन्दा कुनै फरक पर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । तर अहिले मेस्सीको टिम अर्जेन्टिना रुसमा भएको विश्वकप फुटबलमा अन्तिम १६ बाटै घर फर्कियो ।
त्यसपछि मेस्सी बिदा मनाउन परिवारसँग समय बिताए । उनी अब नयाँ सिजनका लागि बार्सिलोना फर्किने तयारीमा छन् । तर त्यो भन्दाअघि उनको फुटबल मोहको एउटा किस्सा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मेस्सीले आफ्नो गार्डेनमा उनको प्रिय कुकुर हुल्कसँग फुटबल खेल्दै गरेको भिडियो उनकी श्रीमतीले पोस्ट गरेकी छन् । भिडियोमा शरीरको माथिल्लो भागमा लुगा नलाएका मेस्सी र हुल्कले फुटबल खेलिरहेका छन् ।
तपाईंको प्रतिकृया




