काेराेना अपडेटः ५८ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४१८ परीक्षण गरिएकाे छ। जसमध्ये ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ।

यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ।

विगत २४ घन्टामा ९२ हजार ४८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री