नेपाल बैंकका कर्मचारी र ग्राहकहरुले न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा बिशेष छुट पाउने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच शुक्रबार भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

विराटनगरमा भएको उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरे । उक्त कार्यक्रममा हस्पिटलका संचालक निर्देशक राजेश भट्टराईले न्यूरो कार्डियो हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफू धेरै नै खुशी भएको धारणा व्यक्त गरे ।

त्यसैगरि नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले विराटनगरमा स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल न्यूरो कार्डियो हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटलप्रति आभारसमेत व्यक्त गरिन् । साथै उनले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वाससमेत ब्यक्त गरिन्।

उक्त कार्यक्रममा नेपाल बैंक प्रदेश नं. १ प्रादेशिक कार्यलयका प्रमुख सूर्य प्रकाश भट्ट, सिटी अफिस विराटनगर तथा बजारअड्डा शाखाका शाखा प्रबन्धकहरु र बैंकका अन्य कर्मचारीहरु र न्यूरो कार्डियो अस्पतालका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस