काठमाडौँ । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मतिले चयन भएका छन् । पोखरामा भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो । बस्नेत यसअघि भएको महाधिवेशनबाट पनि अध्यक्ष निर्वाचित भएका थिए ।
महाधिवेशनले १७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन् । महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजङ्ग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।
त्यस्तै सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा ईन्द्र आचार्य चयन भएका छन् ।
प्रतिकृया दिनुहॊस