फाइल फोटो

सप्तरीमा मध्यराति आगलागी, ३२ घर-गोठ नष्ट

काठमाडाैँ । सप्तरीमा आगलागी हुँदा ३२ घर-गोठ जलेर नष्ट भएका छन् । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो ।

स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । गाउँलेहरु गाउँमै भोज खाइरहेका र काेहि सुतिसकेकाे बेला आगलागी भएका कारण घरमा रहेका कुनै पनि सरसामान कसैले निकाल्न सकेनन् । छोरीको विवाहको तयारीमा रहेका डम्बर यादपको २ लाख ५० हजार रुपैयाँ नगद, १ तोला सुन र १० तोला चाँदी समेत जलेको वडाध्यक्ष तेजनारायण यादवले बताए ।

खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।

आगलागीले ९ वटा बाख्रा जलेको छ । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ । आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस