कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शत प्रतिशत जरिवाना गरी सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ । कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ ।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत शेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्याण्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस