चेल्सीका मालिकमाथि बेलायतको प्रतिबन्ध

एजेन्सी । बेलायतले चेल्सीका प्रमुख लगानीकर्ता रोमन अब्रामोभिचमाथि प्रतिबन्धको घोषणा गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा रुसमाथिको प्रतिबन्ध बढाउने क्रममा अब्रामोभिचमाथि पनि बेलायतले प्रतिबन्ध लगाएको हो ।

अब्रामोभिचले यसअघि नै चेल्सीमा रहेको आफ्नो शेयर बेच्ने घोषणा गरेका थिए । रुसी अर्बपतिहरुमाथि विश्वभर प्रतिबन्ध लाग्न सक्ने आशंकामा उनले उक्त घोषणा गरेका थिए । यद्यपि अब भने उनले चेल्सीमा रहेको आफ्नो शेयर बेच्न नपाउने भएका छन् । बिहीबार बेलायत सरकारले गरेको घोषणासँगै उनको सम्पत्ति जफत भएको छ । बेलायतले अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो समयदेखि निकट सम्बन्ध रहेको दाबी गर्दै आएको छ ।

यद्यपि अब्रामोभिचले भने यो दाबी अस्वीकार गर्दै आएका छन् । उनको सबै सम्पत्ति जफत भएसँगै चेल्सीको काम पनि बन्द हुनुपर्ने हो तर सरकारले चेल्सीलाई विशेष लाइन्सेन्सको अनुमति दिएको छ । जसको आधारमा नियमितरुपमा चेल्सीको कामकारबाही चल्नेछ । त्यसैले यसको असर भने चेल्सीको खेलमा नपर्ने बीबीसीले उल्लेख गरेको छ । यद्यपि क्लबले अब कुनै पनि आर्थिक कारोबार भने गर्न पाउने छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस