महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका सामग्रीहरु प्रदान

विगत २७ वर्षदेखि अनवरतरुपमा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगशालाका सामग्रीहरु प्रदान गरिएको पोखरा, चिप्लेढुङ्गा शाखाका प्रवन्धक किरण घिमिरेले जानकारी गराए ।

एक विशेष कार्यक्रमबिच उक्त विज्ञान प्रयोगशालाका सामग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको हो । महालक्ष्मी विकास वैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने जनाएको छ ।

साथै, बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५५ रहेको यस खाता न्युनतम मौज्दात रु ५१ मा नै खोल्न सकिने छ । यसमा रु ५ लाखसम्मको दुर्घटना बीमा, निःशुल्क मोवाइल बैंकिङ्ग , निःशुल्क एटिएम कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस