महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको सुर्खेत शाखाले एक विशेष कार्यक्रमकाबिच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो । उक्त झोला वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधी, समाजसेवी, विद्यालय व्यवस्थ।पन समितिका पदाधिकारीहरु उपस्थित थिए।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरि पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद ज्ञापन गरेको छ । सोही कार्यक्रममा बोल्दै सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारीरुपमा संचालन गर्ने कुराको जानकारी गराए ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरि कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस