राजनीतिमा अबकाे लडाईं सत्य र असत्यबीच हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका हुन् ।

उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीबीचको लडाईं भएको बताए । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट नेकपा एमाले अघि बढ्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री