सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सयले बढेको हो ।

आज प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख १ हजार ९०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैंयाँले बढेर तोलाको १४२५ मा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री