काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभरी नै विरोध प्रदर्शन गर्दैछ । देशका ७७ वटै जिल्लाबाट सरकार विरुद्ध प्रदर्शन गर्ने भएको हो ।
सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै सबै जिल्लामा कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गर्ने लागेको हो ।
काठमाडौंमा दिउँसो साढे दुई बजे प्रदर्शन गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । रत्नपार्कमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।
तपाईंको प्रतिकृया




