सुनको मूल्य तोलाको ९०० ले बढ्यो

काठमाडौँ । सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा …

प्रतिकृया दिनुहॊस