राष्ट्रिय सभाका यी २० सांसदको पदावधि सकियो, सबैभन्दा बढी एमालेका (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ । संसदीय समितिका तीन सभापतिसहित २० सांसदको पदावधि आजदेखि सकिएको हो ।

पदावधि संसदीय समितिको सभापतिमा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ छन् ।

पदावधि सकिनेमा सबैभन्दा बढी एमालेमा सांसद छन् । जसमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ ।

यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ । आजबाट बिदा हुने सांसदहरूमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका छन् ।

राष्ट्रिय सभामा नव निर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि शनिबार हुने भएको छ । राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो । यसअघि दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री