एकीकृत समाजवादी सभामुखको पक्षमा उभिन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन्।

मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन्।

सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए।

एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप