एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थ केयरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेल स्थित सोवा हेल्थकेयर सेन्टरमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ ।

उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा विशेष छुट उपलब्ध गराउनेछ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक ऋचा श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप