कांग्रेसको ६ जिल्लामा आज अधिवेशन जारी

नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो।

क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो।

पार्टीले दिएको निर्देशन अनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए।

निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री