बनेपामा ‘नो एमसीसी’ लेखिएका शंकास्पद वस्तु फेला

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकास्थित पुलबजारमा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । नगरपालिका-९ स्थित पुलबजारमा बिहानै सडक पेटीमा शंकास्पद वस्तु भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएका छ । त्यो बम हुन् वा होइनन् भन्ने वुष्टि भइनसकेको छैन। अहिले नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आन घोषणा गरिएको छ । एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस