पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरि १११ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ४१५ जना कोरोना संमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ ।
आज काठमाडौं उपत्यकामा ३६ संक्रमित थपिएका छन्। भक्तपुरमा ३, ललितपुरमा ३ र काठमाडौंमा ३० जना थपिएका हुन् ।
तपाईंको प्रतिकृया




