गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन्।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसीसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए।

विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उनले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे।

अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थपित उपलब्धि कसरत भइरहेको बताए। अध्यक्ष दाहालले संविधान, गणतन्त्र, सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने प्रवृत्तिविरुद्ध लाखौँ जनता सडकमा आएर प्रतिगमनलाई परास्त गरिएको बताए। प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा उनले जोड दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस