२७५ काेराेना संक्रमित थपिए, ५५५ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा २७५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६२८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २७५ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५५५ जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार २८० जना सक्रिय संक्रमित रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस